भारतीय लोकसभा (५४३) : एनडीए- २९१, इन्डिया गठबन्धन- २२०, अन्य- ३२ स्थानमा अगाडि

जेठ २२ । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । नेपाली समयअनुसार आज बिहान सवा ८ बजे सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) को एनडीए गठबन्धन धेरै अगाडि रहेको छ ।

यो समाचार तयार पार्दासम्म ५४२ सिटको सुरुवाती रुझानमा नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धन २९१ र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२० सिटमा अगाडी देखिएका छन् । यस्तै, ३२ स्थानमा अन्य दल अगाडि छन् ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको थिए । एक सिटमा भने यसअघि नै एनडीएका उम्मेदवार निर्विरोध भएका थिए ।

लोकसभा निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ । एजेन्सी

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.