एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित (सम्पूर्णको मत परिणाम सहित)

चितवन, जेठ १६ । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक विजयी हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदान मार्फत पाठक एमाले चितवनको अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

कुल खसेको ७२९ मत मध्ये पाठकले ६०६ मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का प्रत्यासी घनश्याम कंडेलले ९३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा श्याम विष्ट विजयी हुनु भएको छ । विष्टले ४०४ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मतमा चित्त बुझाउनुभयो ।

सचिवमा युवा नेता प्रकाश ढुंगाना विजयी हुनुभयो ढुंगानाले ४६६ मत प्राप्त गर्दा उहाँसँगै चुनाव लड्नु भएका पदमपाणी सुवेदीले २२१ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपसचिव खुल्ला तर्फ २४० मत सहित मिनबहादुर परियार र महिला तर्फ ज्वाला पुरी वन ३६६ मतका साथ विजयी हुनुभयो ।

 

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.