विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

जेठ ४ । नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल (वामअर्प म्याच) खेल्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने पक्का भएको हो।

आईसीसीले वामअर्प म्याचका लागि २७ मेदेखि १ जुनसम्मको तालिका सार्वजनिक गरेको छ ।

नेपालले २७ मेमा क्यानडासँग खेल्ने छ। यो खेल ग्रान्ड प्रेयरी क्रिकेट रंगशाला, टेक्सासमा हुनेछ। दुई दिनपछि सोही रंगशालामा नेपालले अमेरिकासँग अभ्यास खेल खेल्ने छ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.