कालिका नगरपालिकालाई तीन बर्ष भित्र बालमैत्री बनाउने घोषणा

रत्ननगर, बैशाख २७। चितवनको कालिका नगरपालिकालाई आगामी तीन बर्ष भित्र बालमैत्री नगर बनाउने घोषणा गरिएको छ ।

तीन बर्ष भित्र बालश्रमिकको संख्या शुन्यमा झारेर बालमैत्री सुचक पुरा गरी बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको नगर प्रमुख बिनोद रेग्मीले जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय शासन लागु भएको सो नगरपालिकाले बैशाख २५ गते आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा योजनाबद्ध रुपमा काम गरी तीन बर्ष भित्र पालिकालाई बालमैत्री बनाउने घोषणा गरिएको हो ।

बालमैत्री नगर घोषणाको लागि नगरभित्र रहेका बालश्रमिकहरुको पहिचान गरी उनीहरुलाई शिक्षा प्रदान गर्ने, अभिभावकको जीविकोपार्जनको आधार तयार गरिने नगर प्रमुख रेग्मीले बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारीहरुलाई एउटै हलमा भेला गरी पालिकालाई २०८३ साल असोज महिना सम्म बालमैत्री घोषणा गर्ने गरी तयारी सुरु गरिएको उहाँको भनाई छ ।

बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको सुनिश्चितता सहितको ५२ वटा सुचक पुरा गरेपछि पालिकालाई बालमैत्री घोषणा गर्न मिल्ने प्राबधान रहेको छ ।

नगरलाई बालश्रम मुक्त गरी बाल अधिकारको सुनिश्चितता सहित बालमैत्री घोषणा गर्ने कानुनी प्रबधान रहेको महिला बाल बालिका शाखा  प्रमुख  सम्झना ढकालले जानकारी दिनुभयो ।

आगामी आर्थिक बर्षबाट बजेट विनियोजन गरी श्रमिक बालबालिकाको तथ्याङ्क संकलन गर्ने, पहिचान भएका बालबालिकालाई श्रममुक्त गरी शिक्षा प्रदान गर्ने, अभिभावकको आयआर्जनको लागि सहयोग गर्ने लगायतका कार्यहरू अगाडि बढ्ने उहाँले बताउनुभयो ।

साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ साल जेष्ठ ७ गते नगरपालिका घोषणा गरिएको सो पालिकाका पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायको बसोबास छ ।

शहरी विकासको प्रथम चरणमा रहेको सो नगरपालिकामा ठुलो बजार छैन् । सिद्धि, शक्तिखोर, जुटपानी, खोलेसिमल, पदमपुरमा मझौला प्रकारका बजारहरु रहेका छन् ।

अधिकाँस ग्रामिण क्षेत्र रहेको सो पालिकामा बालश्रमिकको संख्या ज्यादै न्यून रहेको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.