इलाममा सुहाङ नेम्वाङ विजयी, एमाले-२७७७२, कांग्रेस– २१९४२, मुढा– ११४५७, घण्टी– ५०५०

बैशाख १८ । इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् ।

२७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन् ।

खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसि‌ंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत पाएर चौथो स्थानमा आएका छन् ।

उपनिर्वाचनको परिणामसँगै अब प्रतिनिधिसभामा युवा नेता सुहाङले प्रवेश हुने भएको छ ।

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचन भएको थियो । इलाममा जनताले नेम्वाङका छोरालाई निर्वाचित गरेर पठाएका छन् ।

यसअघि एमालेसँग ११४ मतले पराजित भएको नेपाली कांग्रेसले इलामबाट पर्याप्त भोट बटुल्न सकेन ।

तर, विगतमा कम प्रभाव रहे पनि पहिचानवादीले यसपटक सम्मानजनक मत पाएका छन् ।

मिसन ८४ अभियानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाममा चौथो स्थानमा चित्त बुझाउनुपरेको छ ।

 

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.