रत्ननगरमा तास खेलिरहेका ८ जना पक्राउ, १ लाख ३९ हजार बरामद

रत्ननगर, बैशाख ११। रत्ननगरमा तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

रत्ननगरको वडा नं. १२ मिलिजुलीटोलमा आइतवार स्थानिय हिराबहादुर गोलेको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी डा. हेम केसीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा रत्ननगर- १२ बस्ने हिरा बहादुर गोले, राम प्रसाद भट्टराई, लुमणी प्रसाद बस्ताकोटी, ऋषिराम आचार्य, कृष्ण बुढाथोकी, केईन्द्र बस्नेत, राजकुमार साह र गोविन्द भुषाल रहेको प्रहरीले जनाएको छ ।

उनीहरुबाट १ लाख ३९ हजार ८ सय ३० रुपैँया र ३ बुक तास समेत बरामद गरिएको डिएसपी केसीले जानकारी दिए । उनीहरुलाई जुवा कसुर अन्तर्गत मुद्दा दर्तागरी अनुसन्धान भइरहेको केसीले बताए।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.