न्यू स्पिडी मा.वि को वार्षिक परीक्षा २०८० को नतिजा प्रकाशन (भिडिओ सहित)

रत्ननगर, चैत ३० । रत्ननगर नगरपालिका वडा नं. १० स्थित माध्यमिक तह सम्म संचालित न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयको शैक्षिक शत्र २०८० सालको बार्षिक परिक्षाको नतिजा प्रकाशन भएको छ ।

परिक्षाफल प्रकाशन समारोहमा स्कुलका प्राधानाध्यापक अर्जुन वहादुर थापाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयको एक्लो प्रयासले संभव नरहेको भन्दै अभिभावक, विद्यार्थीको पनि मिहिनेत आवश्यक पर्ने बताए । पछिल्लो समय बालबालिकाहरु मोबाइलको लतमा फसेको ,बाहिरी खानेकुरा खाने गर्दा मानसिक बिकासलाई असर गरेको भन्दै यसमा अभिभावक चनाखो हुनु पर्ने औल्याए ।

राम्रो भौतिक पूर्वाधार बिकास हुँदै गरेको उक्त बिद्यालयले यो वर्ष नयाँ लक्ष्य र नयाँ व्यवस्थापनमा उत्कृष्ट लय लिने र यस क्षेत्रको ठूलो शैक्षिक हवको रुपमा बिकास हुने प्राधानाध्यापक थापाले बताए ।

विद्यालयका प्राधानाध्यापक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम पोखरेल, विद्यालयका पूर्व प्राधानाध्यापक एंव शिक्षाविद बसन्त प्रसाद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश राना मगर, अंग्रेजी शिक्षक झलक अधिकारी, शिक्षिका सुष्मा तामाङ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नयाँ शैक्षिक शत्र २०८१ को लागि चैत्र २५ गतेदेखि नयाँ विद्यार्थी भर्ना सञ्चालन भईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम पोखरेलले बताए । नयाँ कक्षा सञ्चालन र वार्षिक परिक्षाको ग्रेड सिट बैशाख ६ गते बितरण गरिनुका साथै बैशाख ७ गते विद्यार्थीलाई पुरस्कार वितरण गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.