सौराहामा ‘न्यू इयर इभ- २०८१´ म्युजिक फेस्ट भलुम सांगीतिक कार्यक्रम हुने

रत्ननगर, चैत्र २७ । पर्यटन नगरी सौराहामा ‘न्यू इयर इभ- २०८१´ म्युजिक फेस्ट भलुम १ विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।

चैत ३० गते दिउँसो ४ बजेबाट सुरु हुने कार्यक्रम मध्यरातसम्म चल्ने कार्यक्रमका संयोजक नितेश चौधरीले बताउनुभयो र विन्ड इभेन्ट म्यानेजमेन्टद्वारा आयोजना हुन गई रहेको इभेन्ट पाटनरमा लुप इभेन्टस, एम एस इभेन्टस, ए बी इभेन्टस, र डी एन ए इभेन्टसले गर्न लागेका हुन् ।

कार्यक्रमको अनलाइन टिकट सुरु भएको छ । जसको सामान्य प्री सेल्स सामान्य मूल्य रु‍. ४ सय र भिआईपी रु. ८ सय रुपैयाँ राखिएको छ ।सोहि दिन लिन चाहनेले कार्यक्रम स्थलमै सामान्य रु.५ सय र भिआईपी रु. १ हजार लिने टिकट संयोजकले बताउनुभयाे । अहिले टिकट भने टिकट सन्जाल (Ticket Sanjal) बाट स्क्यान कोर्ड स्क्यान गरि लिन सक्नुहुने छ ।

कार्यक्रममा नेपालका ख्याति प्राप्त चर्चित ब्याण्ड र स्थानीय ब्याण्डहरुले आफ्नो प्रस्तुति दिनेछन् । जसमा THE ELEMENTS, & MANTRA ब्याण्ड, Estabdha, Aakar joshi and echotrails, र Notation छन् । कार्यक्रमको शैक्षिक पार्टनरमा ओमेगा एजुकेसन , इन्टरनेट पार्टनरमा सुबिसु, रहेका छन् । मिडिया पाटनर न्यूज रत्ननगर, ग्रेट टि.भि., हाम्रो राप्ति एफ.एम.रहेको छ। हस्पिटालिटी पाटनर होटेल सेभेन स्टार र होटेल ग्रील दरबार रहेका छन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.