राप्तीका ३५ युवालाई लोकसेवा तयारी कक्षा

रत्ननगर, चैत्र २३ । राप्ती नगरपालिका वडा नं ९ वडामा शुक्रबार देखि लोकसेवा तयारी कक्षा सुरु भएको छ ।

वडा कार्यालयको आयोजना तथा लोकसेवा सारथी प्रा.लि. खैरहनीको सहजीकरणमा सुरु भएको कक्षामा ३५ जनाको सहभागिता रहेको छ । ४५ दिने कक्षामा नायब सुब्बा, खरिदार र शिक्षा सेवा आयोगको विषय पढाइ हुने प्रा.लि.का सञ्चालक महेश घिमिरेले जानकारी दिए । ब्रहमनगर माविमा तयारी कक्षा सञ्चालन हुनेछ ।

सरकारी सेवामा युवाहरुको आकर्षण बढाउन र विदेशिने क्रम रोक्न लोकसेवा तयारी कक्षा सुरु गरिएको वडाध्यक्ष खड्क बहादुर तामाङले बताए । उनले वडा भित्रका युवाहरुलाई सरकारी सेवामा प्रवेश गराएर रोजगारी सृजना गर्ने उद्देश्यले लोकसेवा तयारी कक्षा सुरु गरिएको बताए ।

प्रशिक्षार्थीलाई झलक कुमार श्रेष्ठ, अर्जुन लामिछाने, तीर्थराज खनाल, डा. हेम केसी, कृष्ण डल्लाकोटी, रन्जित राउत, विष्णु अधिकारी, सुवास कुँवर पढाउने छन् ।

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य आइतिदेवी दराई, वडा सदस्य रामकुमार सुवेदी, मिलिजुली टोल विकास संस्थाका अध्यक्ष रमेश पौडेल लगायतले मन्तव्य राखेका थिए ।

वडा सदस्य लोसन तामाङले स्वागत मन्तब्य राखेको कार्यक्रम सुनिल विश्वकर्माले सञ्चालन थिए ।

लोकसेवा सारथि प्रा.लि.ले हाल सम्म ४ हजार ५०० जनाले तयारी कक्षा लिएको र त्यस मध्ये ३०० बढीले लोकसेवामा नाम निकाल सफल भएको सञ्चालक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.