कालिकामा पाँच दिने अचार बनाउने तालिम समापन

रत्ननगर, चैत्र २१ । पुर्वी चितवनको कालिका नगरपालिकामा पाँच दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । कालिका नगरपालिकाको आयोजनामा वडा नं. ६ मा सम्पन्न भएको सो तालिम स्थानीयलाई उद्यमशील बनाउने नगरपालिकाको योजना अनुसार गरिएको हो ।

चैत्र १६ गते देखि वडा नं. ६ को सभाहलमा शुरु भएको सो तालिममा १ देखि ८ नम्बर वडाका २६ जना सहभागी रहेका थिए ।

वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षता रहेको सो कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख बिनोद रेग्मीले व्यावसायिक रुपमा अगाडि बढ्न र आर्थिक उपार्जनमा सहयोगी बनोस् भनेर सो तालिम दिइएको बताउनुभयो।

उनले भन्नुभयो, ‘कोही व्यावसायिकरुपमा अचार बनाउने व्यवसायमा लाग्न चाहे नगरपालिकाले आर्थिक तथा अन्य प्राविधिक सहयोग पनि गर्ने छ ।’

उप प्रमुख बिमला तामाङले स्थानीय स्तरमै रोजगारी सृजनागर्न पालिकाले उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताउनुभयो । स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न खालका सीप मूलक कार्यक्रमगर्दै आएको उहाँले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको उप प्रमुख तामाङले सीप सिकेर आत्मनिर्भर बन्न सहभागिहरुलाई आग्रहगर्नभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले सीप विकासले मात्रै सम्बृद्ध कालिका र सुखी कालिका हुने बताउनुभयो । नगरपालिकाले लिएको सम्बृद्ध कालिका बनाउने योजनालाई यस्तै खालका सीप मूलक कार्यक्रमले मात्रै सम्भवहुने भएकाले तालिम लिएपछि प्रशस्त फाईदा लिन सहभागिहरुलाई आग्रहगर्नुभयो ।

गुन्द्रुक भटमास, करेला, अमला, मिक्स अचार, गाजरमुला, चिकेन मासु अचार, मटन अचार, खुर्सानीको, माछाको, तामा, टमिुरको छोप लगायतका अचार बनाउने सो तालिमको प्रशिक्षक सरस्वती लामा र संगिता खनाल रहनुभएको थियो।

वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, ५ का वडा अध्यक्ष दिपक भट्टराई, ७ का वडा अध्यक्ष कमलराज मोक्तान, कार्यपालिका सदस्य शान्ति महतो, सम्झना परियार, वडा नं. ६ का वडा सदस्य लक्ष्मणी नारायण चौलागाई, शाखा प्रमुख प्रकाश चन्द्र पौडेल, प्रशिक्षक सरस्वती लामा र संगिता खनाल, सहभागीबाट भवानी न्यौपाने लगाएतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.