बछौली नारी चेतनाको २५औं रजत जयन्ती : झण्डै २८ करोड बचत संकलन (भिडिओ सहित)

रत्ननगर, चैत्र २० । रत्ननगर नगरपालिका वडा नं ६ स्थित बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २५ बर्ष पुरा गर्दा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ ।

 

रजत जयन्तीको अबसरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो सहकारीले संस्थागत उपलब्धि सार्बजनिक गरेको हो । १ हजार ४४२ जना महिलामा ऋण लगानी गरेको सो सहकारीले आर्थिक अबस्था कमजोर भएका ७७५ महिलाहरुलाई उद्यमी बनाउन सफल भएको जनाएको छ । २०५१ सालमा नारी चेतना केन्द्र नेपालको सहयोगमा नारी चेतना केन्द्र इकाइ कार्यालयको रुपमा स्थापना भइ साविक बछौली गाविसमा नौं वटा समुह निर्माण गरी ४५ जना महिलाहरुलाई समुहमा आबद्ध गरी बचत गर्न सिकाएको थियो ।

तिनै समुहहरुलाई समाबेश गरी पाँच बर्षपछि २०५५ सालमा बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको रुपमा रुपान्तरण गरी सहकारी सञ्चालनमा ल्याइएको थियो । स्थापनाकालमा ७५ जना महिलाहरुले १०० रुपैया शेयर पूजिँ र मासिक २५ रुपैया बचत गरेर सुरु गरेको सो सहकारी २५ बर्षमा आइपुग्दा विपन्न महिलाको आर्थिक अबस्थामा सुधारसंगै ठुलो आर्थिक प्रगति गर्न सफल भएको छ । सो सहकारीले शेयर पूँजि १० हजारबाट बृद्धि गरी ३ करोड ९४ लाख २३ हजार ८०० रुपैया पु¥याउन सफल भएको छ ।

७५ जना शेयर सदस्यहरुबाट सुरु भएको सो सहकारीमा अहिले ३ हजार ९१४ जना शेयर सदस्य तथा १ हजार ४१० जना बालबचतकर्ता रहेको संस्थाकी अध्यक्ष भागिरथीकुमारी घिमिरेले जानकारी दिइन् । २५ रुपैयाबाट सुरु गरेको बचत अहिले २७ करोड ८५ लाख ४५ हजार १४६ रुपैया पुगेको छ भने जगेडा कोषमा १ करोड २५ लाख १९ हजार रुपैया रहेको अध्यक्ष घिमिरेले जानकारी दिइन् । एक लाखबाट सुरु भएको ऋण लगानी रजतजयन्ती सम्म आइपुग्दा २८ करोड ७१ लाख ३४ हजार १३१, कुल सम्पती १ लाख ९३ हजार ४२७ बाट बृद्धि भई ३६ करोड ६९ लाख १५ हजार ६४ रुपैया पुगेको संस्थाकी सचिव शान्ता अधिकारी पराजुलीले जानकारी दिइन् ।

सो सहकारीले शेयर सदस्यलाई हितमा राखेर तरकारी खेती, पशुपालन, कृषि, व्यापार, होटल तथा पर्यटन व्यवसाय, महिला उद्यमी, बैदेशिक रोजगार, सामाजिक ऋण, शैक्षिक, आकस्मिक, हाइप्रचेज लगायतका शिर्षकमा १२ देखि १४ प्रतिशत व्याजदरमा ऋण लगानी गर्दै आएको संस्थाकी कोषाध्यक्ष देवकी कुमारी अधिकारीले जानकारी दिइन् । ५ हजार देखि ५० लाख सम्म ऋण लगानी गर्दै आएको सो सहकारीले बचतमा ७ देखि १२ प्रतिशत सम्म व्याज प्रदान गर्दै आएको छ । पत्रकार सम्मेलनमा लेखा समिति संयोजक प्रमिला ढकालले सहकारीको सिद्धान्त र मान्यातालाई आत्मसाथ गरी विपन्न समुदायका महिलाहरुको सशक्तिकरण र आयआर्जनमा सहकारीले लगानशिल भएर काम गरिरहेको बताइन् ।

आर्थिक पारदर्शीता र जित्तीय अनुसासनलाई अगात्दै सहकारीले संस्थालाई प्रविधिमैत्री बनाउदै लगेको बताइन् । पत्रकार सम्मेलनमा संस्थाकी निर्वतमान अध्यक्ष बविता चौधरी र उपाध्यक्ष पवित्रादेवी घिमिरेले पनि धारणा राखेका थिए । रजतजयन्तीको अबसरमा सो सहकारीले सप्ताह व्यापी कार्यक्रम गरेको छ । आर्थिक कारोबारसंगै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको सो सहकारीले समाजमा प्रभाबपर्ने कार्यक्रमको आयोजना गरी रजन जयन्ती मनाएको संस्थाकी व्यवस्थापक शारदा विडारीले जानकारी दिइन् ।

सो सहकारीले झुवानी माविका दृष्टिविहीन विद्यार्थीहरुलाई खाना खुवाउने, महिलालाई दुना,टपरी तथा बत्ती काट्ने तालिम, अग्नी नियन्त्रण तथा सरसफाई कार्यक्रम, डिजिटल सफ्टबेयर तथा अनलाईन सुचना सम्बन्धी प्रशिक्षण, शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण, युवाहरुको लागि वित्तीय साक्षरता, सहकारी दिवसमा दीप प्रज्वलन कार्यक्रम गरिएको व्यवस्थापक विडारीले जानकारी दिइन् । रजतजयन्तीको अबसरमा बुधबार एक भब्य कार्यक्रमको आयोजना गरी भवन निर्माण, संस्थागत कार्यसमिति र अहिले सम्म सहकारीको संस्थागत विकासमा योगदान गरेकाहरुलाई सम्मान गरिदै छ ।

भिडिओ हेर्नुहोस्:

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.