रत्ननगरमा काभ्रे उवासंघका महिला उद्यमीहरुसंग छलफल

रत्ननगगर, चैत्र २० । रत्ननगर उद्योग वाणिज्य संघमा काभ्रे उद्योग वाणिज्य संघका महिला उद्यमीहरुसंग छलफल कार्यक्रम गरिएको थियो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीको अध्यक्षता भएको कार्यक्रममा संघका गतिविधि र महिला उद्यमीहरुको प्रवद्र्धनका लागि विभिन्न तालिम, गोष्ठी र महोत्सवहरुमा निःशुल्क सहभागितामा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताए ।

काभ्रे महिला उद्यमी मञ्चका अध्यक्ष रामेश्वरी मानन्धरको नेतृत्वमा आएका भ्रमण टोली संग महिलाहरुद्धारा उत्पादन गरिएका बस्तुहरुको बजारीकरणका लागि सहजीकरण, नेतृत्व तथा व्यक्तित्व विकासमा महिलाहरुको भूमिका विषयमा छलफल गरिएको थियो ।

परम्परागत घरायसी उत्पादनहरुलाई व्यवसायीकरण गरि आयआर्जनमा सहभागी हुन महिलाहरुलाई विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

महिला उद्यमी प्रवद्र्धन समितिका संयोजक लक्ष्मी श्रेष्ठको संयोजकत्वमा भएको छलफल कार्यक्रममा बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य तथा संघका महासचिव उपेन्द्र शर्मा अचार्यले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.