अपाङ्गता भएका अधिकारीलाई रत्ननगरद्वारा ट्राइसाइकल प्रदान

रत्ननगर, चैत्र १९ । रत्ननगर नगरपालिकाले सोमबार एकजना अपाङ्गता भएका व्यक्तिलाई ट्राइसाइकल प्रदान गरेको छ ।

रत्ननगर वडा नं १४ निवासी ४३ बर्षीय बीरेन्द्र अधिकारीलाई ४० हजार मुल्यको ट्राइसाइकल प्रदान गरेको हो । नगरपालिकाको प्राङ्गढमा आयोजित औपचारिक कार्यक्रममा मेयर प्रलाद सापकोटा र उपमेयर यादबप्रसाद पाठकले अधिकारीलाई ट्राइसाइकल हस्तान्तरण गरेका थिए ।

सो अबसरमा मेयर सापकोटाले सहजरुपमा चलाउन सक्ने सवारी साधनको अभावका कारण अधिकारीको दैनिक जीवनमा अफ्ठयारो भएको थाहापाएपछि ह्विलचियर भन्दा स्तरीय ट्राइसाइकल प्रदान गरिएको बताए ।

अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जन र जीविकोपार्जनमा सहयोग गर्दै आएको सो नगरपालिकाले अपाङ्गता भएकाहरुलाई ह्विलचियर वितरण गर्दै आएको छ ।

चालु आर्थिक बर्षमा सो नगरपालिले ५ जनालाई ह्विलचियर, ६ जनालाई सेतोछडी र एकजनालाई ल्यापटप वितरण गरेको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.