सौराहा फुड फेस्टिबलको आयव्याय सार्वजनिक

रत्ननगर, चैत्र १८ । चितवनको सौराहामा गत माघ २८ गतेदेखि माघ ३ गते सम्म आयोजना गरिएको सौराहा फुड फेस्टिबलको शनिवार आयव्याय सार्वजनिक गरिएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाले एक औंपचारिक कार्यक्रमको आयोजना गरि फेस्टिबलको आयव्याय सार्वजनिक गरेको हो । प्रणय दिवसको अबसरमा रेवान सौराहाले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महासचिव नवीन नेपालले जानकारी दिए ।

फेस्टिवलमा ८५ लाख ९५ हजार ९०९ आम्दानी भएकोमा ८० लाख २३ हजार ५२८ खर्च कटाएर ५ लाख ७२ हजार ३८१ मुनाफा भएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौले जानकारी दिए । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले फेस्टिबलमा टिकट विक्रीबाट भएको आम्दानी सौराहाको सौन्दर्यकरणमा खर्च गर्ने बताए ।

फेस्टिबलले सौराहाको पर्यटनमा दीर्घकालिन प्रभाव परेको भन्दै उनले सौराहाको विकासको लागि सरकार र व्यवसायीको सहकार्य आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा प्रमुख अतिथि रहेको रहेको सो कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण महतो, वडा नं ७ का वडाध्यक्ष सजना महतो, रेवानका संस्थापक अध्यक्ष अध्यक्ष बलराम दाहाल, पूर्वअध्यक्षहरु राजन भट्ट, पुरु श्रेष्ठ, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, सचिव महेश खनाल, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी लगायतको उपस्थिति रहेको थियो ।

रेवानका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा फेस्टिबलका संयोजक सुर्यबहादुर रिमालले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.