ट्याक्सी दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान

चितवन, चैत्र १७ । त्रिशूली नदी ट्याक्सी खसेर भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका–७ का ४१ वर्षीय हरिमायाँ रोकाय, ७० वर्षीय जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय, ९ वर्षीय बालक आगमन नगरकोटी र ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल छन् ।

ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा गोरखा नगरपालिका–७ का १८ वर्षीय दिवश रोकाय छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान सवा ७ बजेतिर सडकबाट ८० मिटर तल त्रिशूली नादीमा खसेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.