बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’ को सिरिज आजदेखि

काठमाडौं, चैत्र १६ । बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’ को टी-२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ। बिहीबारको खेल वर्षाले अवरुद्ध भएपछि नेपाल क्रिकेट संघले टी-२० सिरिजको मिति एक दिन पछाडि सारेको हो।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग शुक्रबारदेखि नेपाल ‘ए’ले पहिलो टी-२० सिरिज खेल्दैछ। खेल दिउँसो २ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन-तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्न लागेका हुन्। आयरल्यान्डसँग खेल्ने टी-२० र एक दिवसीय सिरिजका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा टिम घोषणा गरिसकेको छ।

नयाँ तालिका अनुसार नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग टी-२० सिरिजको शुक्रबार पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल शनिबार र अन्तिम खेल आइतबार हुनेछ।

क्यानले एक दिवसीय सिरिजको भने मिति परिवर्तन गरेको छैन। आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज चैत २१ गते सुरु हुनेछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.