उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि, (स्ववियु) शहीद स्मृति बहुमुखी क्याम्पस समितिको विरोध

रत्ननगर, चैत्र १५ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ ।

चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ ।

यस घटना प्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) शहीद स्मृति बहुमुखी क्याम्पस समितिले विरोध गरेको छ । विहिबार समितिका सभापति राजेन्द्र सापकोटाद्घारा विज्ञप्ति जारी गर्दै यस घटनाको छानविन गर्न माग गर्नु भएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ “परीक्षाको नतिजा कुरिरहेका विद्यार्थीहरूलाई फेरि परीक्षाको सूचना पठाउने योभन्दा लाजमर्दो र मजाक अरु के हुनसक्छ ? गल्ती कर्मचारीले गर्ने सजाय निर्दोष विद्यार्थीहरूलाई दिने काम तुरुन्त बन्द गरूयोस, कापी हराउने मुख्य दोषीको छानबिन होस्, हराएको कपीहरू तुरुन्त खोजी गरियोस् सापकोटा द्घारा जारी विज्ञप्ति उललेख छ ।

त्यस्तै पुन परीक्षाका लागि भनेर निकालिएको सूचना रद्द गर्न र उत्तर पुस्तिका कहा र को बाट हरायो तत्काल आवश्यक छानविन गरि कार्वाहि गर्न माग समेत गरिएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.