उत्तर पुस्तिका हराएको विषयमा पुनः परीक्षा लिँदै त्रिवि, नेवि संघ रत्ननगर नगर समितिको विरोध

रत्ननगर, चैत्र १५ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह प्रथम वर्षको जनसङ्ख्या विषयको पुनः परीक्षा गर्ने भएको छ ।

चैत २१ गतेदेखि परीक्षा गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरिएको छ । पनिकाले उक्त विषयको पुनः परीक्षा सञ्चालन गर्न भन्दै सम्बन्धित क्याम्पसहरूलाई निर्देशन दिएको थियो । सोही आधारमा चितवन रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसले चैत २१ गतेदेखि परीक्षामा सहभागी हुन भन्दै विद्यार्थीहरूलाई बोलाएको छ ।

यस घटना प्रति नेपाल विधार्थी संघ रत्ननगर नगर कमिटिले विरोध गरेको छ । विहिबार नगर कमिटिका सभापति नबिन थापाद्घारा विज्ञप्ति जारी गर्दै यस घटनाको छानविन गर्न माग गर्नु भएको छ । विज्ञप्तिमा भनेको छ परिक्षाको उत्तर पुस्तिका हरायको विषयमा समेत सम्बन्धीत पक्ष मौन वस्ने र छानविन नगरी परिक्षा तालिका सार्वजनिक गरेको प्रति गम्भिर ध्यानकर्षण भएको विज्ञप्ति उल्लेख छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.