मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने

काठमाडौं, चैत्र १४ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताएका हुन् ।

उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरूले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन गृहमन्त्री समक्ष अनुरोध गरेका थिए । उनीहरूको अनुरोधलाई स्वीकार गर्दै मन्त्री लामिछानेले मनसुन सुरु हुन अगावै राहत वितरणको कार्य अगाडि बढाइसक्ने प्रतिबद्धता जनाएका हुन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रबिन्दु भएर गत १७ कात्तिकको राति ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम जिल्लाका बासिन्दा प्रभावित बनेका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विपद् व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय तहको सक्रियतामा राहत वितरण अगाडि बढाउने जनाइएको छ । रासस

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.