मुगुमा जीप दुर्घटना दुई जनाको मृत्यु, चार घाइते

मुगु, चैत्र १४ । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

यस्तै चार जना घाइते भएका छन् । कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ ।

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छिन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली रहेका उनले बताए । घाइते मन्जनेको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ ।

प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेको जानकारी दिए।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.