नेपाल नमुना मा.वि. को प्रअ र अध्यक्षको कुर्सी रुखमा बाँधेर आन्दोलनमा उत्रियो अनेरास्ववियु

रत्ननगर, चैत्र १३ । रत्ननगर नगरपालिका वडा नं. २ मा रहेको नेपाल नमुना मा.वि को प्रअ र अध्यक्षको कुर्सी रुखमा बाँधेर अनेरास्ववियु चितवन आन्दोलनमा उत्रिएको छ ।

नेपाल नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक र अध्यक्षको कुर्र्सी अनेरास्ववियुले चितवनले रुख बाँधेको हो । विद्यालयलाई राजनैतिक प्रयोगशाला बनाइएको भन्दै विरोधस्वरुप कुर्सी रुखमा बाँधिएको हो ।

राजनैतिक द्वन्द्वका कारण विद्यालयमा प्रअ र व्यवस्थापन समितिबीच विवाद भइरहँदा विद्यालयको शैक्षिक गतिविधिमा प्रभाव परेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण गगराउँदै आएको थियो ।

केही दिनअघि विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिले नयाँ प्रअ नियुक्ति गरेको छ । अदालतको आदेशबाट प्रअ नियुक्त भएका व्यक्तिलाई हटाएर समितिले अर्को व्यक्तिलाई प्रअ नियुक्त गरेको हो ।

उच्च अदालतको फैसला विरुद्ध नयाँ प्रधानाध्यापक नियुक्ति गरिएपछि नेपाल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कुर्सीलाई अनेरास्ववियुले रुखमा बाँधेर रचनात्मक विरोध गरेको हो । एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवन आन्दोलनमा उत्रिएको छ ।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रत्ननगर नगरपालिका २ स्थित श्री नेपाल नमुना माध्यमिक विद्यालयमा भएको चरम राजनैतिक द्वन्द्वले विद्यालयको समग्र शैक्षिक वातावरण धमिलिएको विषयमा हाम्रो संगठनले सम्वन्धित पक्षहरूलाई पटक–पटक सचेत गराएको सर्वविदितै छ ।

विद्यालयलाई राजनैतिक क्रिडास्थल बनाएर दुई व्यक्ति र समुहबीच भएको अन्तर द्वन्द्वले विद्यार्थीको अध्ययनलाई निकै नकारात्मक प्रभाव पारेको छ । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर सर्वसाधारण गरिब निमुखा जनताका छोराछोरी पढ्ने विद्यालयलाई राजनैतिक प्रयोगशाला बनाइनु खेदजनक छ । गरीबका छोराछोरी पढ्ने विद्यालयलाई स्वार्थको राजनिती गरी लामो समयदेखि प्रयोगशाला बनाउँदा कोही कसैले चुुईक्क नबोल्दा अनेरास्ववियु चितवन टुलुटुलु रमिता हेरेरमात्र बस्न सक्दैन । सामुदायिक विद्यालय ध्वस्त बनाएर निजि विद्यालयलाई प्रोत्साहन गर्ने गतिविधि भइरहँदा आफूलाई शिक्षाप्रेमि भन्न रुचाउने स्वघोषित शैक्षिक ठेकेदारहरुबाट वार्षिक परीक्षाको मुखैमा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘स्वार्थ बाझिने गरी आर्थिक एवम् राजनैतिक लाभको आशामा विद्यालय जस्तो संवेदनशील शान्ति क्षेत्रमा प्रअ र नगरपालिका प्रतिनिधि (विद्यालय व्यवस्थापन समिति) अध्यक्ष बीचको सित युद्ध सँगै विकसित भएको भौतिक रुपमै देखिने असामाजिक क्रियाकलापले विद्यालयको गरिमालाई धमिलो बनाएको छ ।

सम्मानित उच्च अदालत पाटन हेटौंडा इजलासले थमौती गरेको प्रधानाध्यापकलाई पुनः नगरपालिका र नगर शिक्षा समितिको सल्लाहमा विद्यालय व्यवस्थापन समितिले हटाएर अदालतकै अपहेलना गर्नुले संस्था र नेतृत्वकर्ताको शैक्षिक स्तर र कार्य क्षमतामाथि प्रश्न चिन्ह खडा भएको छ । नगरपालिका भित्रको एकमात्र नमुना विद्यालयको मैदानलाई रंगमञ्च बनाएर राजनैतिक नाङ्गो नाच प्रदर्शन तत्काल रोक्न र शान्तिपूर्ण शैक्षिक गतिविधि अगाडि बढाउन अनेरास्ववियु जिल्ला कमिटी चितवन हार्दिक आग्रह गर्दछ । राजनैतिक प्रतिशोधको आधारमा आफू निकट व्यक्तिलाई संरक्षण गरी विद्यालयलाई राजनैतिक भर्ती केन्द्र बनाउने गलत मनासयसहित राजनीतिक अभिष्ट पुरा गर्न गरिएको प्रपन्च तत्काल रोकेर १० दिन भित्रमा विद्यार्थीको सर्वोत्तम हित हुने गरी अगाडि बढ्न सम्वन्धित सबैमा आग्रह गर्दछौं ।’

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.