चितवन, चैत्र ११ । आज फागु पूर्णिमा (होली पर्व) देशका अधिकांश क्षेत्रमा मनाइँदै छ । विशेषगरी यो पर्व हिमाली र पहाडी क्षेत्रमा होली मनाइँदै छ ।
तराई–मधेशमा भने सोमवार होली परेको छ ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने गरेको किम्बदन्ती छ ।
एकअर्काका रङ दलेर होली मनाइने गरिन्छ । यसर्थ यसलाई रङहरूको पर्व पनि भनिन्छ ।
यो दिन सार्वजनिक बिदा परेकाले विभिन्न कन्सर्ट र सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1