रत्ननगर-१० मा महिला सशक्तिकरण र कानुनी सेचता सम्बन्धी प्रशिक्षण

रत्ननगर, चैत्र १० । पूर्वी चितवन रत्ननगरमा शनिबार महिला सशक्तिकरण तथा कानुनी सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ ।

रत्ननगर नगरपालिका वडा नं १० को आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा करिब ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बाइजुराज महिला समितिकी अध्यक्ष शोभा ओली शर्माले महिलाहरुलाई कानुनी अधिकारबारे जानकारी तथा महिला सशक्तिकरण मार्फत समाज रुपान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रममा अधिबक्त फुलमाया रानाभाटले महिला हिंसा,न्यूनीकरणमा भएका प्रयास र कानुनी अधिकार तथा रत्ननगर नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेले महिला सशक्तिकरणका विषयमा सहजीकरण गरेका थिए ।

सो वडाकी कार्यबहाक वडाध्यक्ष गोमा भण्डारीले महिला अधिकार स्थापित हुँदा समेत महिलाहरुले अबसर पाउन नसकेको बताइन् । ३३ प्रतिशतको लागि हारगुहार गर्नूपर्ने भन्दै उनले अहिले पनि महिलाले सजिलै अबसर पाउने अबस्था नहरेको बताइन् ।

बाइजुराज महिला समितिकी अध्यक्ष शोभा ओली शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव सुरेन्द्र चौधरीले मन्तव्य राखेका थिए ।

बाइजुराज महिला समितिकी सचिव सम्झना अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा सदस्य पारु केसीले स्वागत मन्तव्य राखेकी थिइन् ।

उद्घाटन कार्यक्रममा वडा सदस्य पूर्णिमा नेपाली सहित टोल विकास संस्था तथा आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.