६ केजी गाँजासहित एक जना पक्राउ

मोरङ, चैत्र ८ । मोरङको पथरीशनिश्चरेमा ६ केजी गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुँरीगढी नगरपालिका वडा नं ३ बस्ने ४२ वर्षीय प्रेमकुमार याख्खा रहेका छन् ।

६ वटा पोकामा म्याक गरि जेब्रा झोलामा बोकेर हिँडिरहेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीबाट खटीएको टोलीले पथरीशनिश्चरे वडा नं २ छयालीस विघेबाट पक्राउ गरेको इलाका प्रहरी कायाएलय पथरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका याख्खालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.