रत्ननगरकाे नेपाल नमुना मा.विको समस्या समाधान गर्न अनेरास्ववियुको १ हप्ते अल्टिमेटम

रत्ननगर, चैत्र ८ । रत्ननगर नगरपालिका वडा नं. २ मा रहेकाे नेपाल नमुना माविको समस्या समाधान गर्न अनेरास्ववियु चितवनले १ हप्ते अल्टिमेटम दिएको छ ।

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटीले समस्या समाधानको प्रक्रिया अविलम्ब अगाडि बढाउन माग गरेको हो ।

आज जिल्ला अध्यक्ष हरि आचार्यसहितको टोलीले नगर शिक्षा समिति रत्ननगर नगरपालिका र विद्यालय व्यवस्थापन समितिलाई विज्ञप्ति बुझाउँदै १ हप्ते अल्टिमेटम दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘रत्ननगरनगरपालिका वडा नं. २ स्थित श्री नेपाल नमुना माविमा विगत लामो समयदेखि चरम राजनैतिक हस्तक्षेपको कारण विद्यालयको शैक्षिक वातावरण धमिलिएसँगै विद्यार्थीको शैक्षिक गतिविधिमा असर परेकोप्रति हाम्रो संगठनले यसअघि पटक ( पटक सचेत गराइसकेको सर्वविदितै छ । हाल नगरपालिका र प्रधानाध्यापकबीच लामो समयदेखि चलेको द्वन्द्वको कारण विद्यालयमा वेथितिहरुका चाँङ लागेका छन् । प्रचलित नियमलाई नै धज्जी उडाउने गरी निजि स्रोतलाई स्थायी गराउने, शिक्षक–कर्मचारीको पाँच महिनादेखि तलब लिनबाट बञ्चित गरिएको, नेपाली विषयको मावि शिक्षक अभाव हुँदाहुँदै विद्यालयमा भएको शिक्षकलाई अन्यत्र सरूवा गरी उक्त ठाउँमा रातारात विद्यालय व्यवस्थाप समितिको बैठकबाट विषय नै परिवर्तन गरेर अर्काे विषय शिक्षक ल्याइएको, सुत्केरी विदामा रहेको शिक्षकको विषय परिवर्तन गरी शिक्षक सरुवा गरिएको, आइसिटी संचालनका लागि प्राप्त अनुदान रकम विद्यालय व्यवस्थापन समितिले समयमा निर्णय गर्न नसक्दा अनुदान फिर्ता भएको र हाल आइसिटी संचालनमा विद्यालयलाई थप व्ययभार परेको, सम्मानित अदालतको आदेशको अवहेलना गरेको लगायतका विषयले विद्यालयको समग्र शैक्षिक वातावरणमा असर गरेको छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘राजनैतिक प्रतिशोधको आधारमा योग्य व्यक्तिलाई अवसरबाट वञ्चित बनाई आफू निकट व्यक्तिलाई संरक्षण गरी विद्यालयलाई राजनैतिक भर्ती केन्द्र बनाउने गलत मनसायसहित राजनीतिक अभिष्ट पुरा गर्न गरिएको प्रपन्च भएको प्रष्ट देखिन्छ । यस्ता गलत मनसाय सहितको योजना गरेकोप्रति अनेरास्ववियु जिल्ला कमिटी चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । विद्यालयमा भएका यस्ता त्रुटी सच्चाउन र आफ्नो भविष्यको सपनादेखि यस विद्यालय रोजेर अध्ययन गर्न आउने विद्यार्थी तथा उनिहरुका अभिभावकलाई निरास नपारी नियमानुसार समस्या समाधानको प्रक्रिया अविलम्ब अगाडि बढाउन हाम्रो संगठन जोडदार माग गर्दछ ।’

अनेरास्ववियुको शान्तिपूर्ण आग्रहको वेवास्ता गरिएमा जस्तोसुकै सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी अनेरास्ववियुले दिएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.