रत्ननगर नगरपालिका उत्कृष्ठ नगरपालिका पुरस्कारबाट सम्मानित

रत्ननगर, फागुन २९ । रत्ननगर नगरपालिका उत्कृष्ठ नगरपालिकाको पुरस्कारबाट सम्मानित भएको छ ।

नेपाल नगरपालिका संघको ३१ औं बार्षिकोत्सबका अवसरमा वन,वातावरण,जलवायु परिवर्तन र उत्थानशीलताका क्षेत्रमा उल्लेख्य काम गरे वापत रत्ननगर नगरपालिका सम्मानित भएको हो ।

काठमाण्डौंमा आयोजित एक औपचारिक समारोहका बिच नगरपालिकाका मेयर प्रलाद सापकोटा र उपमेयर यादव प्रसाद पाठक लगायत नगरपालिकाको टोलीले संयुक्त रुपमा सम्मान ग्रहण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्रि भानुभक्त जोशिले नगरपालिकाको टोलीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.