राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं, फागुन २९ । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट दाहाल निर्वाचित भएका हुन्। 

राष्ट्रियसभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।

उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी सहितका दलको १७ मत खसेको थियाे ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य दाहाल २०७८ सालमा राष्ट्रपतिबाट मनोनीत कोटाबाट राष्ट्रिय सभामा प्रवेश गरेका थिए।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.