बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका एक युवाको ढलेर मृत्यु

रत्ननगर, फागुन २७ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका एक युवाको ढलेर मृत्यु भएको छ ।

मुटुको जाँचका लागि ओपीडीको टिकट काट्न लाइनमा बसेका रत्ननगर वडा नं ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मुटु दुखेपछि मोटरसाइकलमा एक्लै अस्पताल पुगेका थापामगर लाइनमा बसेको केही बेरमै एक्कासी ढलेका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सो अस्पतालका डाक्टरहरुले थापामगरको हृदयघात भएर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् । एक्कासी ढलेका उनको अस्पतालको आकास्मिक कक्षमा पुर्याउदा मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.