रत्ननगरका सुकुमबासीलाई जग्गा वितरण सम्बन्धी अन्तरक्रिया

रत्ननगर, फागुन २३ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा विहीबार भूमिहीन दलीत, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण तथा छुट जग्गा दर्ता सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।

लालपूर्जा वितरण र छुट जग्गादर्ता लगायतका विषयमा केन्द्रीत रहेर भूमि आयोगका प्रतिनिधि जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारीको बीचमा अन्तक्र्रिया गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले लालपूर्जा वितरणको काम सुरु भएपछि नरोकिने गरी अन्तिम तयारी गर्न भूमि आयोग र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

नगर स्तरीय सहजीकरण समितिमा रहेका राजनीतिक दलका नगर स्तरीय प्रतिनिधिहरुले भूमि आयोगले लालपूर्जा वितरणमा ढिलाई गरेको भन्दै सुरु भएपछि नरोकिने गरी तयारी गर्न आग्रह गरेका हुन् ।

रत्ननगरमा चैतको पहिलोसाताबाट लालपूर्जा वितरण गर्ने गरी अन्तिम तयारी थालेको छ । रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा यहाँका २ हजार ४१ जना घरधुरीलाई निस्सा वितरण गरेको थियो ।

सो नगरपालिकामा वडा नं १२ बाट औपचारिक रुपमा लालपूर्जा वितरणको काम सुरु गर्ने तयारी गरिएको छ ।

रत्ननगर नगरपालिकाले सो वडाका १९९ घरधुरीलाई लालपूर्जाको लागि भूमिआयोग चितवनमा सिफारिस गरेको थियो । स्थानीय सरकारले पठाएको घरधुरीको विबरण हेरी आयोगको जिल्ला कार्यालयले १६५ घरधुरीको नाम स्विकृत गरी लालपूर्जा निर्माणको काम सुरु गरिसकेको रत्ननगरका सेवा केन्द्र प्रमुख अर्जुन पंगेनीले जानकारी दिए ।

भूमि आयोग चितवनका अध्यक्ष बद्रि तिमिल्सिनाले जिल्लाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि निरन्तर पहल कदमी गरिरहेको बताए ।

१० बर्ष एकै ठाउँमा बसेका सुकुमबासीलाई बसोबारकै आधारमा पुर्जा दिलाउन आफुले सरकारले पहल गरिरहेको उनको भनाई छ ।

उपमेयर यादब पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा नापी कार्यालय चितवनका प्रमुख सुवास भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा लालपूर्जा वितरण सुरु भएपछि नरोकिने बताए । सुकुमबासीको लालपूर्जा पाउने सपना अर्को महिना पुरा हुने भन्दै उनले आफ्नो कार्यकालमा नगर भित्रका सबै सकुमबासीलाई पुर्जा वितरण गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका उपसभापति अपिल अधिकारी, एमालेका नगर इन्चार्ज प्रेमनाथ दुवाडी, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, रास्वपाका बाबुराम अर्याल, राप्रापाका हरिशरण भट्टराई, समाजबादीका नगर अध्यक्ष हरिकुमार श्रेष्ठ सहित जनप्रतिनिधि, वडा सचिव तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.