कालिका, फागुन १८ । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लालुप्रसाद दाहाल चयन भएका छन् ।
सो सहकारीको विशेष साधारण सभाले दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा टंक बहादुर थापा, सचिवमा भीमप्रसाद लामिछाने, कोषाध्यक्षमा विद्याधर बास्तोला चयन भएका छन् ।
सञ्चालक समितिको सदस्यहरुमा नरबहादुर घर्ती, रिता देवी सुवेदी ओझा, किशोर अधिकारी, रामकृष्ण लम्साल, सुभाष खनाल, मेघप्रसाद पन्त र विष्णुप्रसाद गौतम चयन भएका छन् ।
लेखा सुपरिबेक्षण समितिको संयोजकमा होमप्रसाद भट्ट र सदस्यहरुमा विमला पाण्डे बन्जरा, अर्जुन बहादुर अधिकारी चयन भएका छन् ।
सो संस्थाका अध्यक्ष ओम लामिछाने व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएपछि सो सहकारीको विशेष साधारण सभा मार्फत निर्बाचन प्रक्रिया सुरु गरिएको थियो ।
यसैबीच सर्वसम्मत निर्वाचित सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा सुपरिबेक्षण समितिका संयोजक र सदस्यहरुको सपथग्रहण तथा पद हस्तान्तरण गरिएको छ । संस्थाका निबर्तमान अध्यक्ष ओम प्रसाद लामिछानेले नवनिर्वाचित अध्यक्ष दाहाललाई पद हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा निर्वाचन समितिका संयोजक केशब लामाले नवनिर्वाचित समिति र लेखा सुपरिबेक्षण समितिलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए । कालिकाकी उपमेयर विमला तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, सहकारीका निवर्तमान अध्यक्ष लामिछाने, निर्वाचन समितिका सदस्यहरु दिप्पेश्वर केसी, सविता लामा, निर्तमान सल्लहाकार भिमप्रसाद खनाल लगायतले मन्तब्य राखेका थिए ।
निर्वाचन समितिका संयोजक केशव लामाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद पाठकले सञ्चालन गरेका थिए ।