रत्ननगर, फागुन १८ । चितवनको कालिकामा टोल विकास संस्थाहरु बिच बाल श्रम विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कालिका नगरपालिकाको आयोजनामा कालिका वडा नं ६ स्थित श्री माध्यमिक विद्यालय रेडक्रसग्राममा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई कस्ता किसिमका कामहरु बालबालिकालाई लगाउन हुन्छ, हुदैन बारे शुक्रवार तेस्रो दिन बाल श्रम विरुद्ध सचेतनामुलक तालिम दिईएको हो ।
सामाजिक विकास समितिका संयोजक तथा कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख बिमला तामाङ प्रमुख अतिथि रहनुभएको थियो ।
बाल अधिकारकर्मी तथा युथ क्लवका नारायणगढका उपाध्यक्ष दयाराम कंडेलले प्रशिक्षण दिनुभएको तालिममा कालिका वडा नं. १ देखि ५ सम्मका टोल विकास संस्थाहरुको सहभागिता थियो ।
सामाजिक विकास समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल लगायतको उपस्थिति रहेको थियो ।
नगरपालिकाका महिला विकास शाखा प्रमुख सम्झना दवाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा महिला विकास निरिक्षक सविना श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।