साफ यू–१६ महिला फुटबल आजदेखि, भुटान र भारत भिड्दै

फागुन १८ । आजदेखि साफ यू–१६ महिला फुटबल प्रतियोगिता सुरु हुँदै छ । फागुन २७ गतेसम्म हुने यस प्रतियोगिताका खेलहरू ललितपुरस्थित च्यासल मैदानमा हुने छन् ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

प्रतियोगिताको पहिलो खेलमा आज भुटान र भारतबिच भिड्दैछन् । यो खेल नेपाली समय अनुसार, दिउँसो ३ बजे सुरु हुनेछ । नेपालले भने पहिलो खेल शनिवार बंगलादेशविरुद्ध खेल्ने छन् । यसैगरी प्रतियोगिताको तेस्रो खेल फागुन २१ गते भुटान र नेपालबीच हुने छ भने चौथो खेल फागुन २२ गते बङ्गलादेश र भारतबीच हुने छ । यसैगरी समूह चरणको पाँचौँ खेल फागुन २४ गते नेपाल र भारतबीच हुने छ । समूह चरणको अन्तिम खेल फागुन २५ गते बङ्गलादेश र भुटान खेल्ने छन् ।

प्रतियोगिताको फाइनल खेल भने फागुन २७ गते खेलिने छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.