भारतीय गजल गायक उदासको निधन

फागुन १५ । भारतीय गजल गायक पङ्कज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार हिजो बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उदासको निधन भएको हो ।

उनलाई केही महिनाअघि क्यान्सर भएको थियो । भारतीय सिनेमा र पप सङ्गीतमा उनको योगदान धेरै रहेको पाइन्छ । सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट उनी चर्चित थिए । उनले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरेकाथिए । उनको गजल ‘चिठी आई है’ र चलचित्र ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ प्रख्यात छन् । उनका मुकरार, तरन्नुम र मेहफिल जस्ता थुप्रै प्रख्यात गीत छन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.