जाजरकोट भूकम्प : रुकुम पश्चिममा २८ हजार अस्थायी आवस निर्माण

रुकुम पश्चिम, फागुन १२ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भू्कम्पले क्षति गरेको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण भएका छन् ।

सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

जिल्लाभर सात हजार ९ सय १२ अस्थायी आवास निर्माणको चरणमा छन् । जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार ९ सय ६२ मध्ये अझै तीन हजार ९ सय २८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताए ।

हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार ९ सय ३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा सात सय आठ अस्थायी आवास निर्माण भएका छन् ।

चौरजहारी नगरपालिकामा ६ हजार एक सय ९४, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणी गाउँपालिकामा तीन हजार चार सय ९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९ सय ६२ लाभग्राहीका लागि स्थानीय विपद न्युनिकरण कोषमा २५ हजारका दरले ७९ करोड ९० लाख रुपैयाँ पठाएको छ ।

स्थानीय विपद् कोषबाट भने ३० हजार दुई सय ३१ लाभग्राहीले २५ हजारका दरले ७५ करोड ७५ हजार रकम प्राप्त गरेका छन् । अब जिल्लामा पहिचान भएका एक हजार सात सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । रासस

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.