समाजवादी मोर्चाको बैठक आज

काठमाडौँ, फागुन ६ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । बैठक बिहान ९ बजे एकीकृत समाजवादीको कार्यालयमा बस्ने उनको भनाइ छ ।

यस्तै बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ ।

हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्षता गरिरहेको मोर्चामा सो पार्टीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.