सौराहा फुड फेष्टिबल : वेटर रेसमा पंगेनी र डोरी तान्नेमा थ्रि एन्जल रेष्टुरेन्ट प्रथम

रत्ननगर, फागुन १ । सौराहामा जारी फुड फेष्टिबल अन्तर्गत मंगलबार वेटर रेस प्रतियोगिता गरिएको छ ।

फेष्टिबलको आयोजक संस्था रेवान सौराहाले आयोजना गरेको सो प्रतियोगितामा थारु किचनका कमल पंगेनी प्रथम, नेवारी खाजा घरका कुमार विक द्धितीय, चुलेसी रेष्टुरेन्टका सुनिल सुनार तृतीय र केसी रेष्टुरेन्टका अविनास मैनाली सान्त्वना भएका थिए । प्रतियोगिताका १६ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुनेलाई रेवान सौराहाका पूर्व अध्यक्ष तथा केसी रेष्टुरेन्टका सञ्चालक नरेश गिरी, खेलकुद व्यवस्थापन समितिका संयोजक सुजन भट्टले नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

त्यसैगरी फेष्टिवल परिसरमा गरिएको डोरी तान्ने प्रतियोगितामा थ्रि एन्जल रेष्टुरेन्ट सौराहा प्रथम भएको छ । प्रतियोगितामा कुमरोज मध्यवर्ती सामुदायिक वन दोश्रो भएको छ ।

प्रणय दिबसको अबसरमा रेवान सौराहाले १८ औं संस्करणको फुड फेष्टिवल आयोजना गरेको अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको गिरीले बताए ।

खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको छ ।

समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको फेष्टिबलका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए ।

फेष्टिबलको सांस्कृतिक कार्यक्रम तर्फ दैनिक रुपमा चर्चित कलाकारहरुको प्रस्तुती भइरहेको रेवानका महासचिव नवीन नेपालले जानकारी दिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.