माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, माघ २६ । माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै छ । आज र भोली ९शनिबार० बस्ने गरी माओवादी केन्द्रले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको हो ।

मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए । माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।

उनले खबरहबलाई भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छौँ । यसमा पार्टीले चलाएको जागरण अभियानबारे पनि छलफल हुन्छ ।’

बैठक राष्ट्रिय सभा गृहमा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । उनका अनुसार यो बैठकमा विधान सम्मेलनबारे छलफल हुने छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.