कालिका-७ मा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण (भिडिओ रिपोर्ट)

रत्ननर, माघ २५ । चितवनको कालिका नगरपालिका वडा नं. ७ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

अशक्त र ज्येष्ठ नागरिकलाई बैंकमा घण्टौ लाईनमा बसेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेकामा लाभग्राहीको घर–घरमा पुगेर बैंकिङ प्रणाली मार्फत नै भत्ता वितरण गरिरहेको वडा अध्यक्ष कमलराज मोक्तानले जानकारी दिए ।

पदमपुरमा शाखा कार्यालय रहेको प्रभु बैंकसँगको समन्वयमा वडाका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष मोक्तानको भनाई छ । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त र ज्येष्ठ नागरिकलाई समस्या नहोस् भनेर घरदैलोमै पुगेर भत्ता वितरण गरिएको उनले जानकारी दिए ।

वडाका लाभग्राहीको प्रभु बैंकमा रहेको खातामा गत कार्तिकदेखि पुससम्मको सामाजिक सुरक्षा भत्ता पठाइसकिएको अशक्त र ज्येष्ठ नागरिकलाई बैँकसम्म गएर भत्ता बुझ्न कठिनाइ भएपछि बैंकका कर्मचारीलाई घरघरमै पुर्याएर वितरण गर्न थालिएको हो ।

वडा भित्रका ज्येष्ठ नागरिक १ सय ५ जना र ७ जना अपाङ्ग भएकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाले जनाएको छ ।

प्रभु बैंक पदमपुरमा शाखाकी कर्मचारी सञ्जिता बसौलाले भन्नि बैंकसम्म पुगेर भत्ता लिन नसक्ने आमा बुबाहरुको सहयोग होस् भन्ने हिसावले घरघरमा पुगेर भत्ता बितरण गरिरहेका छौ ।

घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अशक्त र ज्येष्ठ नागरिक खुसी भएका छन् ।

भिडिओ रिपोर्ट

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै चितवनको कालिका वडा नं. ७ ।

https://fb.watch/q4rceG7LTu/

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.