राप्तीकाे वानग्रुपमा प्रथम साेनाम ल्होछार साँस्कृतिक महाेत्सव सुरु : प्रदेश अर्थमन्त्री लामाद्वारा उद्घाटन

राप्ती । पूर्वी चितवनकाे राप्ती नगरपालिका वडा नं ९ वानग्रुपमा बुधबार देखि प्रथम राप्ती साेनाम ल्हाेछार साँस्कृतिक महाेत्सव सुरु भएकाे छ ।

श्रीच्योमदेन दे ढा च्योम गुम्बाले तामाङ समुदायको साँस्कृतिक पर्व मंजू श्री सम्बत २८६० डुकः ल्हो (गुरुड वर्ग) सोनाम ल्होछारको अवसरमा महाेत्सब आयाेजना गरेकाे हाे ।

बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाले एक भब्य समाराेहका बीच महाेत्सवकाे उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद ईश्वर सापकोटा, नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव गोमान सिंह लामा, खैरहनीका मेयर शशी कुमार खनिया, रत्ननगर नगरपालिका मेयर मेयर प्रलाद सापकोटा, राप्तीका उममेयर देबेन्द्र लामा, निवर्तमान उपमेयर इमान सिंह लामाले मन्तव्य राखेका थिए ।

गुम्बाका अध्यक्ष देबराज लामाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा राप्तीका वडाध्यक्षहरु सहित नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य अमृत थिङ,नेपाल तामाङ घेदुङ बागमती प्रदेश उपसचिव दिल कुमारी थिङ, नेपाल तामाङ घेदुङ जिल्ला सचिव सन्देश घलान साथै विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधिहरुको उपस्तिथिति थियो माघ २७ गते सम्म  उक्त महाेत्सव उद्घाटन पूर्व राप्तीमा भब्य शाेभायात्रा निकालिएकाे थियाे ।पुरानो ल्हो (बिरालो बर्ग) को बिदाई र नयाँ ल्हो (गुरुड बर्ग) को स्वागतको रुपना तामाङ समुदायले  सोनाम ल्होछार मनाउदै आएका छन् ।

तामाङ समुदायकाे परम्परागत संस्कृति जाेगाउन र गुम्वालाई धार्मिक पर्यटकीय स्थलकाे रुपमा विकास गर्न महाेत्सव आयाेजना गरिएकाे गुम्बाका अध्यक्ष देबराज लामाले जानकारी दिए । सोनाम ल्हाेछारलाई थप विशेष बनाउन र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक पर्वकाे रुपमा विकास गरी स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरुको खरिद बिक्रि, विभिन्न मौलिक खानपिन तथा परिकारहरुको बिक्रि वितरण र स्थानीय व्यवसायीहरुको व्यापार व्यवसाय बृद्बि तथा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महाेत्सव आयोजना गरिए‌को हाे ।

चार दिन सम्म चल्ने महोत्सबमा तामाङ साँस्कृति कला प्रबर्द्धन हुनेगरी विभिन्न साँस्कृतिक गतिविधिहरु गरिएकाे छ। जसमा तामाड मौलिक खानेकुराहरु, भेषभुषा तथा विभिन्न स्थानीय उत्पादनका सामानहरु लगायतको स्टलहरु रहेका छन्।

महोत्सबमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको  प्रस्तुतिका साथै तामाङ समुदायको लोपन्मुख मौलिक बाजा डम्फु सेलो, खान्दोकी सेलो, म्हेंन्दाे माया सेलाे, फापरे सेलो र स्थानीय ब्याण्डहरूको प्रस्तुति रहने छ ।

महोत्सबमा चितवन जिल्ला भरिको तामाङ तथा गैर तामाङ, छिमेकी पालिकाहरु राक्सिराङ, मनहरीबाट करिब ५० हजार दर्शकले अबलोकन गर्ने र करिब १ करोड १० लाख बराबरको काराेबार हुने अनुमान गरिएकाे छ ।

महोत्सवकाे मुनाफाबाट गुम्बाको प्राङ्गणमा २० फिट अग्लो बुद्धकाे मुर्ति स्थापन गरिने छ । महाेत्सवकाे नेपाल तामाङ घेदुङ संघ जिल्ला समिति र राप्ती नगर समिति संरक्षक रहेका छन् ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.