स्पेनिस ला लिगा : सेभियाद्वारा रायो भालेकानो पराजित

माघ २३ । स्पेनिस ला लिगा फुटबलमा सेभियाले रायो भालेकानोलाई पराजित गरेको छ । गएराति भएको खेलमा भालेकानोलाई २–१ गोलले हराउँदै सेभियाले जित निकालेको हो ।

सेभियाका लागि युसेफ एन नेस्रीले दुई गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर भालोकानेका इसी पालाजोनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ४५औँ मिनेटमा नेस्रीले दोस्रो गोल गर्दै सेभियालाई २–१ गोलको जित दिलाए । यो जितसँगै २३ खेलबाट २० अंक जोडेको सेभिया १५औँ स्थानमा छ भने २४ अंक रहेको भालेकानो १३औँ स्थानमा छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.