चिनियाँ पर्यटक ठमेलमा मृत भेटिए

काठमाडौँ, माघ २१ । काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा चिनिँया नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए । निजलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो ।

शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइको ढुङ्गेलले जानकारी दिनुभयो । घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.