सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

माघ १९ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३००० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलाको १४१० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.