पाकिस्तानमा सैन्य कारबाहीमा परी दुई विद्रोहीको मृत्यु

इस्लामावाद, माघ १९ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बिहीबार विज्ञप्तिमार्फत् सुरक्षा बलले प्रान्तको डेरा इस्माइल खान जिल्लामा आतङ्कारीहरूको उपस्थितिमा गुप्तचर आधारमा सुरक्षा कारबाही गरेको थियो ।

कारबाहीको क्रममा आतङ्कवादी र सैनिकहरूबीच तीव्र गोलीबारी भएको थियो ।

गोलाबारीमा दुई विद्रोही मारिएको तथा ठूलो मात्रामा हतियार, गोलाबारुद र विस्फोटक पदार्थको पनि बरामद गरिएको आईएसपीआरले जनाएको छ ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.