भरतपुरका दानवीर भीमराज पाठकको निधन

चितवन, १९ माघ । भरतपुर महानगरपालिका–१२ निवासी दानवीर भीमराज पाठकको निधन भएको छ । उनासी वर्षीय उनको मुटुको रोग र दमका कारण काठमाडौँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा निधन भएको हो ।

धादिङको तत्कालीन राक्सिङ गाविसमा विसं २००१ चैत २२ गते जन्मिएका पाठक विसं २०१७ देखि चितवनमा बसोबास गर्दै आएका थिए । भरतपुरस्थित नेपाल नेत्रज्योति सङ्घमा भीमराज उषामाया पाठक आँखा बैंक स्थापना गर्न आफ्नो जमिन बेचेर उनले रु एक करोड ५० लाख सहयोग गरेकाथिए ।

यसैगरी क्यान्सर सेवा समाजलाई रु ४५ लाख, नेपाल क्षयरोग निवारण संस्थालाई एम्बुलेन्स खरिदका लागि रु १५ लाख, हिमालय मावि, सिद्धिविनायक माविलगायत विद्यालय र सङ्घ संस्थालाई पाठकले सक्दो दान गर्दै आएका थिए । उनको आज बिहान देवघाटमा अन्त्येष्टि गरिँदै छ । पाठककी श्रीमती उषामायाको यसअघि नै निधन भइसकेको र अन्य सन्तान छैनन् । रासस

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.