जसपा निकट युवाहरुले रोके ओभरलोड बोक्ने ट्रिपर

जनता समाजवादी पार्टी निकट युवा संघ मकवानपुरका केही युवाहरुले रिद्धिसिद्धी सिमेन्ट उद्याेगका लागि ढुङ्गा बाेकेकाे गाडीलाई राेकेर कारबाही माग गरेका छन् । टिपरहरुले ओभरलाेड बाेकेकाे भन्दै कारबाही माग गर्दै भीमफेदी गाउँपालिकास्थित बाग्घझोरामा १५ वटा ट्रिपर राेकी कार्वाहीको माग गरेका हुन् ।

केही समय अघि जिल्ला प्रशासन कार्यालयमा सिडिओ लाई ओभरलोड सम्बन्धि बिज्ञप्ति बुझाइ नियम उलंघन गरि चलिरहेका ओभरलोड टिपरहरु कार्वाही गर्ने पकृया अगाडि बढाइएको जसपा युवा संघ मकवानपुर जिल्ला अध्यक्ष विवेक घलानले जानकारी दिएका छन् । ट्रिपर ओभरलोड हुँदा ढुङ्गा खसी दुर्घटना हुने जोखिम हुनुको साथै बालबालिका र स्थानीय बाटो हिड्नेलाई समेत जोखिम हुन सक्ने भएकोले रोकि कार्वाहीको माग गरिएको घलानको भनाइ छ।भैसेबाट खटिएको ट्राफिक प्रहरीले ओभरलोड भएका गाडिहरुलाइ कार्वाही नगरी बेवास्ता गरेकोले युवाहरु तातिएको अध्यक्ष घलानको भनाइ छ।

ओभरलोड भइ आएका ट्रिपर रोक्ने क्रममा भैसेका प्रहरी इन्चार्ज विष्णु चौधरीले टिपरलाई छोडी दिन धम्की समेत दिएको युवाहरुको भनाइ छ।युवाहरु भन्छन् , ” प्रहरीले गर्नु पर्ने काम हामिले गरेका छौ, हामिलाइ साथ दिन छोडी प्रहरीबाटै धम्काउने काम भयो”। केहि दिन अघि शिवम सिमेन्टबाट चल्ने ओभरलोडका टिपरहरुलाइ रोकि ढुङ्गा झार्न लगाएको र अहिले शिवम सिमेन्टको गाडिहरु ओभरलोड नचल्ने गरेको अध्यक्ष घलानको भनाइ छ। भैसेबाट खटिएका प्रहरी इन्चार्ज विष्णु चौधरी भन्छन् , “यो ठाउँमा गाडी नरोक्नुस भनेको हो बाकी सम्बन्धित निकायमा गएर प्रश्न गर्नुस, ओभरलोडको चिट काट्ने बाहेक हामी संग अरु कुनै विकल्प छैन ।

हाम्रो काम चिट काट्ने पठाउने हो। जिल्ला ट्राफिक कार्यालयबाट प्रहरी पुगि चिट काटेर पठाउने सहमती भएतापनी सवारी चालकसंग कुनै कागजपत्र नभएकोले बाघझोरा मै ४ घण्टा रोकि राखिएको थियो। ४ घण्टा पछि आवश्यक कार्वाहीको लागि ओभरलोड भएका टिपरहरु जिल्ला ट्राफिक कार्यालय ल्याइएको र आवश्यक कार्वाही गरि टिपर छोडिने ट्राफिक कार्यालय मकवानपुरका प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.