कालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

रत्ननगर, मंसिर १० । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आइतवारबाट सुरुवात गरिएकोछ । जस अन्तर्गत चितवनको कालिका नगरपालिकाले पनि अभियानको सुरुवात गरेको हो ।

“लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको एक्यबद्धता” भन्ने नाराका साथ नगरपालिकाबाट शुरु भएको यो अभियानको एक कार्यक्रममा बिच नगर उपप्रमुख बिमला तामाङले दिप प्रज्वलन र प्रतिवद्धतामा हस्ताक्षर गरी अभियानको सुरुवात गर्नुभयो ।

लैङ्गिक हिंसा भनेको के हो ?, हिंसाका असर, कसरी नियन्त्रण गर्न सकिन्छ ?, समुदायमा बिद्यमान हिंसा, कुरीती, कुसंस्कारको बारेमा जनचेतनामूलक कार्यक्रम गरिनेछ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख तामाङले यो अभियान सफल बनाउन सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो, ‘समाजको सकारात्मक रुपान्तरणको लागि नगर सरकार लागि परेको छ, एकै चोटी ठुलो परिवर्तन हुदैन हिंसा अन्त्यका लागि लागिपरेका छौं ।’ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मात्रै नभई हरेका दिन यस अभियानमा जुट्नुपर्ने उहाले धारणा राख्नुभयो । कालिका नगरपालिकामा हिंसा गरेको व्यक्ति पाईएमा कानुनी दायरामा ल्याएर कारबाही गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले अभियानबाट हिंसाका प्रकृती तथा स्वरुपहरुका बारेमा स्थानीयहरु जानकार भएको र कार्यक्रमले आपसी सदभाव कायम गरेको बताउनुभयो । अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रबृत्तीले हिंसा न्युनीकरण नहुने र यसका लागि संघ संस्था तथा स्थानियहरु समेत जागरुप बन्नु पर्ने उहाँको भनाईछ ।

नगरपालिकाको आयोजनामा कालिकाका ११ वटै वडाहरुमा लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गरिनेछ । कार्यक्रममा नगरपालिकाका प्रमुख वडा अध्यक्षहरु, महिला तथा बालबालिका शाखा प्रमुख सविना श्रेष्ठ, कार्यपालिका सदस्यहरु, आमा समुहका प्रतिनिधिहरु, मेलमिलाप केन्द्रका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो ।

उप प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकालले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.