लटौलीका चेपाङ विद्यार्थीलाई रत्ननगर रोटरीको सहयोग

कालिका । रोटरी क्लव अफ रत्ननगरले चेपाङ विद्यार्थीहरुलाई शैक्षिक तथा न्यानो कपडा सहयोग गरेको छ ।

कालिका नगरपालिका वडा नं ९ मा अबस्थित राष्ट्रिय आधारभूत विद्यालय लटौलीमा अध्यायनरत ११० जना चेपाङ विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित जाडोमा लगाउने न्यानो तथा लत्ता कपडा वितरण गरेको हो । लत्ताकपडा भने रोटरी क्लव अफ अष्टे«लियाले प्रदान गरेको हो ।

चेपाङ विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल, ईलेजर, जाडोको न्यानो कपडा, विद्यार्थीहरुलाई ब्ल्याङकेट प्रदान गरिएको रोटरी क्लव अफ रत्ननगरकी अध्यक्ष विरन्जना सापकोटा घिमिरेले जानकारी दिइन् । रोटरी क्लबले बालबालिकाका अभिभावकहरुलाई समेत सहयोग गरेको छ । चेपाङ समुदायका २० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई ब्याल्यकेट, हाईजेनिक सेनिटरी प्यााड समेत वितरण गरिएको उनले जानकारी दिइन् ।

रोटरी क्वल अफ रत्ननगरले सन २००९ देखि उक्त विद्यालयमा भौतिक पूर्वाधार निर्माण, खानेपानी र चेपाङ विद्यार्थीहरुको शिक्षाको लागि बार्षिक रुपमा सहयोग गर्दै आएको छ । रोटरीले उक्त विद्यालयमा अध्यायन गर्ने चेपाङ विद्यार्थीहरुलाई एक बर्ष सम्म अभाव नहुने गरी एकमुष्ट रुपमा शैक्षिक सहयोग, न्यानो तथा लत्ता पकडा सहयोग गरेको अध्यक्ष सापकोटाले बताइन् ।

कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका पूर्वअध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारीहरु, प्राचार्य, स्पाउस क्लव अफ रत्ननगरका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु, रोट्याक्ट क्लवका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु, अष्टे«लियन रोटरीका अध्यक्ष सहित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

रोटरी क्वल अफ रत्ननगरकी अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम पूर्वअध्यक्ष विष्णुशर्मा भूषालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.