रत्ननगर, मंसिर ९ । पूर्वी चितवनको कालिका नगरपालिकाका सुकुमबासी समुदायको समग्र विकासको लागि सञ्चालित परियोजनाले गरेको काम र उपलब्धिको वार्षिक समीक्षा तथा लेखाजोखा कार्यक्रम आयोजना गरिएको छ ।
नगरपालिकाससंगको सहकार्यमा लुमन्ती आवासका लागि सहयोग समुहले समुदायको अगुवाईमा सामाजिक तथा आर्थिक रुपान्तरणको सामुदायिक सवलीकरण परियोजनाले गरेका कामहरुको प्रगति समीक्षा गरिएको हो ।
एक बर्ष अघि सुरु भएको परियोजना अन्तर्गत नगरभित्रका १० वटा सुकुमबासीबस्तीका समुदायको शसक्तिकरण,चेतनाको विकास, सरसफाई तथा पूर्वाधार निर्माणको गरिएको लुमन्तीका कार्यक्षेत्रसंयोजक सिंहबहादुर लामाले जानकारी दिए ।
लुमन्तीले सुकुमबासी समुदायको विकाससंगै प्रकोग जोखिम न्यूनीकरण र जलबायु परिर्वतनको असर न्यूनीकरणमा समेत काम गरिरहेका उनले बताए । १० वटा सुकुमबासी समुदायका ६१७ घरधुरीका २ हजार ९७३ जना परियोजनाले गरेको कामबाट लाभाम्वित रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मेयर विनोद रेग्मीले लुमन्तुसंगको सहकार्यमा सुकुमबासी समुदायको जीवन स्तर उकास्न सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी रहेको बताए । लुमन्तीले गरेको काम सामान्य देखिन्छ उनले भने तर सुकुमबासीको शसक्तिकरण, सरसफाई, प्रकोप जोखिक न्यूनीकरणमा उल्लेख्य प्रगति भएको छ । परिर्वतन तत्कालै नदेखिने भन्दै उनले एक बर्ष अघिदेखि समुदायमा सुरु गरेको कामको केही बर्षपछि प्रतिफल देखिन थाल्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईले पूर्वधार निर्माणसंगै मानव संशाधनको विकास अपरिहार्य रहेको बताए ।
लुमन्तीका कार्यक्षेत्र संयोजक लामाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला तामाङ सहित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सेवा क्षेत्र भित्रका टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम कालिका नगरपालिकाका शाखा अधिकृत प्रकास पौडेलले सञ्चालन गरेका थिए ।