रत्ननगर, मंसिर ९ । चितवनको कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा देवराज चौलागाई आउनु भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा उपसचिव पदमा रहनुभएका चौलागाई कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुभएको हो ।
कालिका नगरपालिका चितवनमा आजैदेखि प्रमुख प्रशाासकीय अधिकृत चौलागाईले कार्यभार सम्हाल्नु भएको छ । उहाँलाई नगर प्रमुख बिनोद रेग्मी, नगर उपप्रमुख बिमला तामाङ, नगरका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
कालिकाको विकास र सेवाप्रवाहलाई प्राथमकितामा राखेर काम गर्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत चौलागाईले सबैको सहकार्यमा अघि बढ्ने बताउनुभयो ।
कालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहनुभएका चुडामणी शर्मा गौतम गृह मन्त्रालयमा सरुवा हुनुभएको छ ।