चितवन समाज युकेद्वारा नेता पौडेललाई स्वागत

लण्डन । चितवनका लोकप्रिय नेता जगन्नाथ पौडेललाई साउथ इष्ट लण्डनमा स्वागत तथा नेपालको राजनीतिक अबस्था र विकासक्रमबारे अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।

चितवन समाज युकेले आयोजना गरेको कार्यक्रममा नेता पौडेल र ग्रीन वीच काउन्सिलका मेयर जीत नाराभाटलाई समाजका अध्यक्ष खेम शर्मा, पूर्व अध्यक्ष शालिकराम सापकोटा र लण्डन समाज युकेका संयोजक झलक सुवेदीले खादा र माला लगाएर स्वागत गरेका थिए । चितवन समाज युकेले नेता पौडेललाई कार्यक्रमको प्रमुख अतिथि बनाएर नेपालको राजनीतिक अबस्था र सुधारको सम्भावना, विकासको चरण तथा गैरआवासीय नेपालीहरुले नेपालको विकासमा गर्न सक्ने योगदनाको विषयमा छलफल गरिएको चितवन समाज युकेका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा नेता पौडेलले चितवन समाज युकेले आफुलाई स्वागत सम्मान गरेकोमा धन्यवाद दिँदै विदेशी भूमिका संघर्ष गरिरहेका नेपालीहरुमा मातृभूमि प्रतिको चिन्तन सकरात्मक विषय भएको बताउनुभयो । उहाँले विदेशीभूमिमा रहेका नेपालीहरुले नेपालको चिन्ता गरिरहदा बढ्दो भष्टाचारका कारण नेपालको अबस्था अझ झन विग्रदो रहेको बताउनुभयो । एनसेन, पिन्टिङ प्रेस, यति, भूटानी शरणार्थी, वाइडबडी, ओम्नी जस्ता घोटलामा नेपालका प्रमुख दलका नेता कार्यकर्ता मुछिदा पनि कारबाही हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपालको विग्रदो राजनीतिक घटनाक्रमले आर्थिकमन्दीको संकट पैदा भएको भन्दै नेता पौडेलले सुसासन स्थापना र भष्टचार नियन्त्रण नभए सम्म नेपालको अबस्थामा सुधार नआउने बताउनुभयो । राजनीतिक परिर्वतनपछि पनि नेपालमा आर्थिक विकास हुन नसकेका कारण नेपालीको जीवन स्तर उकासिन नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा ग्रीन वीच काउन्सिलका मेयर रानाभाटले नेपालीहरु आफ्नै पौरख, बहादुरी, अदम्य सहासका लागि विश्वमै परिचित रहेको भन्दै उनीहरुमा राष्टप्रतिको चिन्ता लोभलाग्दो रहेको बताउनुभयो । ब्रिटिस सेनामा गोरखाहरुले गरेको योगदान अदितीय रहेको भन्दै उहाँले अझै पनि समान पेन्सनको लागि संघर्षरत नेपालीहरुप्रति आफ्नो समर्थन रहेको बताउनुभयो । चितवन समाज युकेका सल्लहाकार आनन्द धरेलले नेपालको राजनीतिक गन्तव्य विहीन अबस्था रहेको भन्दै अहिलेको अबस्था लम्बिन नहुने तर्क गर्नुभयो ।

चितवन समाज युकेका अध्यक्ष खेम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संरक्षक शान्ता विनोद लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली राजनीतिमा इमान्दारीका खडेरी परेका कारण देशले विकासमा फड्को मार्न नसकेको बताउनुभयो । कार्यक्रम समाजका उपाध्यक्ष डिल्ली लामिछानेले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.